लागुऔषधसहित पाँच जना पक्राउ

 फागुन ८, २०७७ शनिबार १५:१३:७ | हेमराज शर्मा
unn.prixa.net

दाङ – लागुऔषधको कारोबार गर्ने पाँच जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । छुट्टाछुट्टै तीन स्थानबाट पाँच जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङले जनाएको छ ।

लागुऔषध ब्राउन सुगरसहित तुलसीपुर उपमहानगरपालीकाको जसपुरका अर्जुन केसीलाई शान्तिनगरको रगैचाबाट र रोल्पा त्रिवेणी गाउँपालीका–३ घर भइ दाङ तुल्सीपुर उपमहानगरपालीकाको बेलुवा बस्ने झक्कु प्रसाद बस्नेतलाई तुल्सीपुरको दमारगाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । बस्नेतको साथबाट प्रहरीले ३ ग्राम ७९ मिलिग्राम र केसीको साथबाट २३ मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।

यसैगरी लागुऔषधका रुपमा प्रयोग हुने प्रतिबन्धित निट्राजेपाम ट्याब्लेट २० पत्ता, ट्रमाडाेल १४८ पत्तासहित बबई गाउँपालिका – ४ हसनापुरका  १७ वर्षीय कमल वली, २० वर्षीय चन्द्र बि.क.र  राजन भुषाललाई  प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका ५ जनामाथि थप अनुसन्धान भइरहेको छ ।

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया