नेप्से ३२ अङ्कले घट्यो, निफ्राका लगानीकर्ताले आज पनि कमाए १० प्रतिशत

 फागुन १०, २०७७ सोमबार १५:५५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से झण्डै ३३ अङ्कले घटेको छ । जलविद्युत् र अन्यबाहेक अरू सबै समूहको शेयर ओरालो लागेपछि सोमबार नेप्से ३२ दशमलव ६७ अङ्कले घटेर २६ सय सात दशमलव ६७ विन्दुमा झरेको छ ।

सोमबार बैंकिङ समूहको शेयर साढे ५२ अङ्कले, व्यापारको झण्डै ९३ अङ्कले, होटलको २१ अङ्कले, विकास बैंकको ६५, माइक्रो फाइनान्सको ५७, फाइनान्सको १३, निर्जीवन बीमाको एक सय आठ र जीवन बीमा समूहको शेयर तीन सय ५१ अङ्कले घटेको छ ।

सोमबार दुई सय सात कम्पनीका दुई करोड १६ लाख कित्ता शेयर आठ अर्ब ४० करोड ६३ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ३८ करोड २४ लाख र निफ्राको ३२ करोड १२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । ​

निफ्राको शेयरमा सातौँ दिन पनि सकारात्मक सर्किट लागेको छ । सोमबार आखु खोला जलविद्युत् र निफ्राका शेयरधनीले १० प्रतिशत कमाएका छन् ।

सेन्चुरी बैंक, सिभिल बैंक, मेगा बैंक र नबिल इक्विटी फण्डका लगानीकर्ताले पाँच प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् ।  

अन्तिम अपडेट: चैत १७, २०८०

तपाईको प्रतिक्रिया