प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच भेटघाट

 फागुन १०, २०७७ सोमबार १७:६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाली सेनाबाट सर्वाेच्च अदालतले प्राप्त गरेको जग्गा खाली गरिदिन आग्रह गर्नुभएको छ ।

प्रधानन्यायाधीश जबराले प्रधान सेनापति पूर्णचन्द्र थापालाई सर्वाेच्च अदालतमा बोलाएर सर्वाेच्चले प्राप्त गरिसकेको जग्गा चाँडो खाली गरिदिन आग्रह गर्नुभएको सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार सेनाबाट प्रक्रियागत रूपमा सर्वाेच्चले प्राप्त गरेको जग्गामा अहिले सर्वाेच्चका लागि नयाँ भवन बनाउने काम भइरहेको छ । काम सुरु भए पनि सेनाले घोडा बाँध्न प्रयोग गरिरहेको जग्गा खाली नगराएकाले प्रधानन्यायाधीशले खाली गराउन आग्रह गर्नुभएको हो ।

सेनाले केही जग्गा छोडेर सर्वोच्चलाई हस्तान्तरण गर्नुपर्ने भएकाले त्यस विषयमा छलफल गर्न प्रधानसेनापति थापा सर्वोच्च पुग्नुभएको उहाँले बताउनुभयो ।

प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा पक्ष/विपक्षमा बहस सकिएको अवस्थामा भएको प्रधानन्यायाधीश र प्रधान सेनापतिबीच भएको भेटलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन् ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया