दुई वटा चितुवाको छालासहित तीन पक्राउ

 फागुन १०, २०७७ सोमबार १९:४२:४२ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – प्रहरीले बाँकेको राप्तीसोनारी गाँउपालिका १ कुसुमबाट दुई वटा चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ ।

आइतवार राति सल्यान बाघचौर नगरपालिका ३ का जितबहादुर डीसी, कुमाख गाउँपालिका ७ का कमल डीसी र हिमेन्द्रबहादुर वलीलाई प्रहरीले पक्राउ गरेको हो । 

चितुवाको छाला ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले उनीहरूलाई चितुवाकाे छालासहित पक्राउ गरेकाे हाे ।  

यसैबीच प्रहरीले नेपालगञ्जकाे जमुनाह नाकाबाट १० लाख भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपालगञ्जको भन्सार चेकप्वाइन्टमा जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका भारतको उत्तरपूर्वी दिल्ली जफ्फरावादका मुनवर खाँको साथबाट ती रकम बरामद गरिएको प्रहरीले जनाएकाे छ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया