शुभकामना यातायातले टाटाका थप ४ वटा बसबाट उपत्यकामा सेवा दिने

 फागुन १७, २०७७ सोमबार १०:३६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शुभकामना यातायातले टाटाका थप ४ ओटा बसमार्फत् काठमाण्डाै उपत्यकामा सेवा प्रदान गर्न थालेकाे छ । 

यस यातायातले बिरुवा - बालकोट -कौशलटार - जडिबुटी - कोटेश्वर - बानेश्वर - थापाथली - त्रिपुरेश्वर - कालीमाटी - कलङ्की - स्वयम्भू - ठूलो भर्‍याङ - बालाजु बाइपास - माछापोखरी पुगेर त्यही रुट फिर्ता हुनेगरी सेवा पुर्याउँदै आइरहेको रुटमा टाटाका थप ४ वटा बस सञ्चालनमा ल्याएको हाे ।  

कम्पनीका अध्यक्ष सोमनाथ काफ्लेका अनुसार सिप्रदी ट्रेडिङ्ग प्रालिबाट टाटा कम्पनीका ७१२/४२ का ३२ सिटर बस प्राप्त भएपछि गएकाे फागुन १३ गतेदेखि सेवा दिन थालिएकाे हाे । 

'याे बससहित ६२ वटा बस  र मिनिबसबाट उपत्यकामा सेवा दिइरहेका छौँ। निकट भविष्यमा टाटा मोटर्स कम्पनीका सुविधा सम्पन्न बसहरु ल्याएर थप सेवा दिने उदेश्य राखेका छौँ ' काफ्लेले भन्नु भयाे । सूर्यविनायक नगरकार्यपालिका सदस्य तथा वडा नं. १ का वडा सदस्य अम्बिका न्यौपानेले नयाँ सेवा सुविधा सम्पन्न टाटाका बसको उद्घाटन गर्नुभएकाे हाे । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया