काठमाण्डौका विभिन्न ठाउँमा आज पनि बत्ती जाने

 फागुन २१, २०७७ शुक्रबार ७:४२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौका विभिन्न ठाउँमा आज पनि बत्ती जाने भएको छ ।

बालाजु वितरण केन्द्र, महाराजगञ्ज वितरण केन्द्र र बुढानीलकण्ठ उपवितरण केन्द्रअन्तर्गत फिडरहरुमा मर्मतको काम गर्नुपर्ने भएकाले लाइन काट्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

बालाजु गोलढुङ्गा फिडर अन्तर्गत पर्ने शेषमति, गोलढुङ्गा, लोलाङ, चिसापानी, ओशो एरिया, तीनपिप्ले, ठूलाखोला, छत्रेदेउराली, जितपुर फेदिलगायतका क्षेत्रमा आज बिहान ९ बजेदेखि १२ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ ।

यस्तै बुढानीलकण्ठ उपवितरण केन्द्रको शिवपुरी फिडरअन्तर्गतका डाँडागाउँ, पासिकोट, भष्मस्थली, टोखा, पञ्चेटार, मेगासिटी, ढलमलटारलगायत क्षेत्रमा बिहान १० बजेदेखि ५ बजेसम्म बत्ती जाँदैछ । पासिकोट क्षेत्रमा बिजुलीका पोलहरु सार्नुपर्ने भएकाले बिजुलीको लाइन काटेर काम गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

विद्युत मर्मतको काम गर्नुपर्ने भन्दै प्राधिकरणले पछिल्लो समय दैनिकजसो लाइन काट्दै आएको छ । नियमित बिजुली नहुँदा सेवाग्राही समस्यामा पर्दै आएका छन् ।
 

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया