आयोगले एमाले र माओवादी केन्द्र ब्युँताउने काम आजदेखि सुरु गर्ने

 फागुन २५, २०७७ मंगलबार ७:१९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - निर्वाचन आयोगले आजदेखि नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताउन काम सुरु गर्ने भएको छ ।

हिजो अन्तर्राष्ट्रिय नारी दिवस परेकाले आजदेखि आवश्यक काम थाल्न लागिएको आयोगले जनाएको छ

आयोगमा सन्ध्या तिवारीको नेतृत्वमा नेकपा एमाले दर्ता छ । त्यस्तै गोपाल किराँतीको नेतृत्वमा माओवादी केन्द्र दर्ता छ । यस्तो अवस्थामा उनीहरुलाई आफ्नो नाम र चुनाव चिह्न परिवर्तनका लागि पत्राचार गर्ने तयारी भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

२०७५ सालको जेठ ३ गते एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । आफूले पहिले नै दर्ता गरिसकेको नाममा फेरि अर्को पार्टी दर्ता भएको भन्दै ऋषिराज कट्टेलले सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।

यो मुद्दामा सर्वोच्च अदालतले कट्टेलको पक्षमा फैसला गरेपछि एकीकरणअघिका एमाले र माओवादी केन्द्र ब्युँतिएको हो । सर्वोच्चको फैसलासँगै नेताहरु एकीकरण अघिकै अवस्थामा फर्किएका छन् ।
 

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया