माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु, एमालेमा लागेका नेताहरूलाई पनि निम्तो

 फागुन २५, २०७७ मंगलबार १३:५०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । सर्वोच्च अदालतले नेकपालाई वैधता नदिएर एमाले र माओवादी केन्द्र बिउँताइदिएपछि माओवादी केन्द्रको पहिलो स्थायी कमिटीको बैठक सुरु भएको हो । 

बैठकमा सर्वोच्चको फैसलामाथि कानुनी उपचारमा जाने र अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने स्थायी कमिटीका सदस्य लीलामणि पोखरेलले उज्यालोलाई जानकारी दिनुभयो । माओवादी केन्द्रले

मङ्गलवारकाे बैठकका लागि एमालेमा गइसकेका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी र मणिचन्द्र थापालाई पनि बोलाएको छ । यद्यपि एमाले खेमामा लागेका नेताहरू अहिलेसम्म पेरिसडाँडा नपुगेको पोखरेलले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया