धनगढीमा केपी ओली र माधव नेपाल पक्षीय कार्यकर्ताबीच झडप

 फागुन २६, २०७७ बुधबार १६:२५:५२ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेशको कार्यालय धनगढीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय कार्यकर्ताबीच झडप भएको छ । 

बोर्ड र नेमप्लेट राख्ने विषयमा विवाद भएपछि दुई पक्षका कार्यकर्ताबीच झडप भएको धनगढीका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले उज्यालाेलाई जानकारी दिनुभयो ।

बुधवार बिहान नेकपा एमालेको माधव समूहले पार्टी कार्यालयमा राखेका बोर्ड, ओली समूहले हटाएर नयाँ बोर्ड राखेको थियो । ओली समूहले सुदूरपश्चिम इन्चार्जको कार्यकक्षमा लेखराज भट्टको नेमप्लेट राखिएको थियो भने अध्यक्षमा कर्णबहादुर थापाको नेमप्लेट राखिएको थियो ।

नेपाल समूह आएर नेमप्लेट हटाउने क्रममा विवाद हुँदा झडप भएको डीएसपी विष्टले बताउनुभयो । झडप भएको ठाउँमा अहिले सुरक्षाकर्मी परिचालन गरिएको छ ।  

अन्तिम अपडेट: बैशाख ९, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया