पशुपतिनाथ मन्दिरमा अहिलेसम्म ८ लाखभन्दा धेरैले पूजाआजा गरे

 फागुन २७, २०७७ बिहीबार २०:५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आज महाशिवरात्रि पर्व मनाइँदैछ ।

भगवान शिवको पूजाआजाको लागि देशभरका शिवालयमा भक्तजनको दिनभरजसो भीड लागेको थियो ।

काठमाण्डौको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि अहिलेसम्म भक्तजनको भीड लागिरहेको छ । अहिलेसम्म पशुपतिनाथ मन्दिरमा ८ लाखभन्दा धेरै भक्तजनहरुले दर्शन तथा पूजाआजा गरेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ । आज राति १२ बजेसम्म नै दर्शनार्थीका लागि मन्दिर खुला गरिने कोषले जनाएको छ ।

आज राति १२ बजेसम्म दर्शन गर्ने दर्शनार्थीको संख्या १० लाखसम्म पुग्ने अनुमान कोषले गरेको छ । पर्वको अवसरमा ३० लाख भक्तजनहरु पशुपति क्षेत्र पुगेको कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडाले उज्यालोलाई जानकारी दिनुभयो । 

भक्तजनले लाइन बसेको आधा घण्टाभित्रै दर्शन गर्न पाउने व्यवस्था गरिएकाले भक्तजनले सहज रुपमा मन्दिर दर्शन गरेको निर्देशक खतिवडाले बताउनुभयो । कोरोनाको जोखिम कायमै रहे पनि भक्तजन मास्कलगायत जनस्वास्थ्यको मापदण्ड अपनाएर दर्शन एवं पूजा आराधनाका लागि शिवालयमा गएका हुन् । 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया