आठ महिनामा जम्मा ५ अर्ब रुपैयाँ वैदेशिक अनुदान सहायता, विकास खर्च साढे २२ प्रतिशत मात्रै

 चैत १, २०७७ आइतबार १५:२०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चालु आर्थिक वर्षको पहिलो आठ महिनामा जम्मा पाँच अर्ब रुपैयाँ वैदेशिक अनुदान सहायता प्राप्त भएको छ ।

साउनदेखि फागुनसम्म पाँच अर्ब ३० करोड रुपैयाँ मात्रै वैदेशिक अनुदान सहायता प्राप्त भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । यो कुल लक्ष्यको जम्मा आठ दशमलव ७७ प्रतिशत मात्रै यो । बजेटमार्फत सरकारले यस वर्षका लागि ६० अर्ब ५२ करोड रुपैयाँ वैदेशिक अनुदान सहायताको लक्ष्य राखेको थियो । यद्यपि अर्थ मन्त्रालयले अर्धवार्षिक समीक्षामार्फत वैदेशिक अनुदान सहायताको लक्ष्य घटाएर ३५ अर्ब रुपैयाँमा झारेको छ ।

यस्तै चालु आर्थिक वर्षको पहिलो आठ महिनामा पाँच खर्ब ७१ अर्ब रुपैयाँ राजश्व सङ्कलन भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार साउनदेखि फागुनसम्म पाँच खर्ब ७१ अर्ब २० करोड अर्थात् कुल लक्ष्यको ५६ दशमलव ४६ प्रतिशत राजश्व सङ्कलन भएको छ । चालु आर्थिक वर्ष सरकारले १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । 

विकास खर्च जम्मा साढे २२ प्रतिशत मात्रै

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा जम्मा साढे २२ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ ।

सरकारी आय–व्ययको लेखाजोखा राख्ने निकाय महालेखा नियन्त्रकको कार्यालयका अनुसार साउनदेखि फागुनसम्म जम्मा २२ दशमलव ५८ प्रतिशत अर्थात् ७९ अर्ब ६९ करोड रुपैयाँ विकास बजेट खर्च भएको छ । बजेट भाषणमा सरकारले यो वर्षका लागि तीन खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ विकास खर्चको लक्ष्य राखेकोमा अर्धवार्षिक समीक्षामार्फत दुई खर्ब ८३ अर्ब चार करोड रुपैयाँमा झारिएको छ । 

यस्तै नौ खर्ब ८९ अर्ब चालु खर्चमध्ये आठ महिनामा चार खर्ब ५५ अर्ब ८१ करोड अर्थात् ४८ दशमलव तीन प्रतिशत खर्च भएको छ । तर अर्धवार्षिक समीक्षामार्फत नौ खर्ब १४ अर्ब रुपैयाँ चालु खर्चको लक्ष्य रहेको छ । यस्तै वित्तीय व्यवस्थातर्फ एक खर्ब ७२ अर्ब ७८ करोड रुपैयाँ खर्चको लक्ष्य रहेकोमा आठ महिनामा ३५ अर्ब ५० करोड रुपैयाँ खर्च भएको छ । समग्रमा आठ महिनामा ३८ दशमलव ७२ प्रतिशत खर्च भएको छ । 

यस वर्षका लागि सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर अर्थ मन्त्रालयले अर्धवार्षिक समिक्षा मार्फत १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँमा झारेको छ ।  

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया