पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
जुम्ला – नाग्म–गमगडी राजमार्गको अत्याधिक कडा चट्टान भएको जिआ भिड (भीर) काटेर चौडा पारिएको छ ।
चट्टानी पहाडको बीचबाट खोलिएको ४ मिटर बाटोलाई ६ देखी ७ मिटर बनाइएपछि नाग्म-गमगडी राजमार्गको यात्रामा सहज हुने भएको हो । विशेषगरी सार्वजनिक ठूला गाडीहरु हिँड्न समस्या पर्ने गरेको जिआ भीरलगायत एक हजार आठसय मिटर सडक चौडा पारिएको डिभिजन सडक कार्यालय जुम्लाले जानकारी दिएको छ ।
गमगडी राजमार्गकै कठिन जिया भीरको बाटो चौडा बनाउने काम सम्पन्न भएको डिभिजन सडक प्रमुख लिलाबहादुर भण्डारीले बताउनुभयो । थोदुङ कन्स्ट्रक्सनलाई दुई करोड २० लाख रुपैयाँमा ठेक्का दिइएको र भुक्तानी भने बाँकी रहेको उहाँले बताउनुभयो ।
यसैगरी नाग्म-गमगडी राजमार्गको धेरै जसो क्षेत्रमा बाटो सुधार भएको र बन्ने क्रम जारी भएकाले यो आर्थिक वर्षमा गाडी सजिलै गुड्नेगरी काम भइरहेको डिभिजन सडकले जनाएको छ । प्रमुख भण्डारीका अनुसार धेरै जसो ठाउँमा सुधार भइसकेको छ । सबैभन्दा बढी हिलो क्षेत्र सिञ्जाको घोडेड्गामा सुधार भएकाे छ । गुठी ज्युलामा पनि गाडी अड्किने सम्भावना छैन । रोकायावाडामा पनि सुधार भएको प्रमुख भण्डारीले बताउनुभयाे ।
सडकमा हिलो र खाल्डाखुल्डीले गर्दा रारा सिञ्जा जाने पर्यटकहरुलाई समस्या भइरहेको समयमा ग्राभेल र स्तरबृद्धिपछि सजिलो हुने भएको छ । यसैगरी जुम्लाको कनकासुन्दरी गाउँपालिका र मुगुको सिमाना भुलभुले देखि सातमोडसम्म ग्राभेल भएको हुँदा त्यहाँ पनि बर्खायाममा गाडी सजिलै गुड्ने भएको छ ।
अब मुगु क्षेत्रको अलिकति पिनाको अगाडि थोरै ग्राभेल र ताल्चाको उकालोमा ग्राभेल हुन बाँकी रहेको र यही आर्थिक वर्षमा बनाउने सरकारको लक्ष्य रहेको कार्यालयले जनाएको छ । सिञ्जा क्षेत्रको नाग्म-गमगडी राजमार्गको १३ किलोमिटर बाँकी ग्राभेल पनि सुरु गर्न थालिएको छ ।
याेजनाअनुसारकाे राजमार्ग चाैडा बनाउने तथा मर्मत गर्ने काम सम्पन्न गर्न २० करोड रुपैयाँ बजेट माग गरिएकाे र चाँडै निकासा हुने आशा रहेकाे पनि सडक डिभिजन कार्यालयले जनाएकाे छ । नाग्म-गमगडी राजमार्गमा निर्माण व्यवसायीले काम लिने तर छोडेर जाने प्रवृत्तिले ढिलाइ हुँदै गएको समयमा याे वर्ष भने कामहरु भइरहेको स्थानीय बताउँछन् । स्थानीय शिक्षक खम्बा शाहीले भन्नुभयाे 'यही तवरमा काम अगाडि बढ्ने हाे भने स्थानीय तथा पर्यटकलाई सजिलो हुने थियाे ।'
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।