आज वाग्मती प्रदेश र प्रदेश-२ का विभिन्न ठाउँमा १० घण्टासम्म बत्ती जाने

 चैत ८, २०७७ आइतबार ७:५८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशका विभिन्न ठाउँमा आज पनि बत्ती जाने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले निकालेको सूचनाअनुसार प्रदेश-२ र वाग्मती प्रदेशका विभिन्न ठाउँमा १० घण्टासम्म बत्ती जाने भएको हो ।

प्रदेश-२ को जनकपुरमा रहेको सिमरा वितरण केन्द्र अन्तर्गत ११ केभी क्षमताको पर्वानीपुर इन्ड्रष्ट्रीयल फिडर अन्तर्गत पर्ने जितपुर क्षेत्रका उद्योगहरुमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बत्ती जाँदैछ ।

यस्तै वाग्मती प्रदेशको भरतपुर वितरण केन्द्र अन्तर्गत कल्याणपुर फिडर, भरतपुर २ फिडर, भृकुटी फिडर र इन्ड्रष्ट्रीयल २ फिडर अन्तर्गतका क्षेत्रहरुमा पनि आज लाइन काटिँदै छ ।

वाग्मती प्रदेशको भरतपुर वितरण केन्द्र अन्तर्गतका फिडरहरुमा  बिहान ८ बजेदेखि दिउँसो ६ बजेसम्म १० घण्टा बत्ती जाने प्राधिकरणले जनाएको छ । पछिल्लो समय हरेक दिनजसो देशका विभिन्न ठाउँमा मर्मतको काम गर्न भन्दै लाइन बत्तीको लाइन काट्न थालिएको छ ।

यसले दैनिक जीवनयापन र औद्योगिक क्षेत्रहरुमा असर परिरहेको छ । 
 

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया