कुश्माको 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनम...
पुस २४, २०८१ बुधबार
दाङ - स्थानीयले नदी तथा तालकाे संरक्षण गर्न थालेपछि दाङकाे देउखुरीमा जलचरको संख्या वृद्धि भएकाे छ।
पानीमा पाइने जीव नै लोप हुन थालेपछि स्थानीय नागरिकले तीन वर्षअघिदेखि समूह नै निर्माण गरेर नदी तथा ताल संरक्षणमा जुटेका हुन् ।
देउखुरीको राप्ती लगायतका नदीहरुमा जीवहरु मृत भेटिन थालेपछि अवैध मानवीय क्रियाकलाप रोक्न सक्रिय भएर लागिपरेकाे स्थानीयले बताएका छन् । सांस्कृतिक कार्यमा माछा अनिवार्य हुने थारु समुदायका व्यक्तिहरु समेत माछा संरक्षणमा जुटेका छन् । उनीहरुलाई अन्य समुदायले पनि साथ दिइरहेका छन् ।
देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले जलीय जैविक विविधता ऐन नै निर्माण गरेर २०७५ सालदेखि संरक्षणमा जुटेकाे बताउनु हुन्छ ।
जथाभाबी माछा मार्न रोक लगाइएको छोटो समयमै २२ प्रकारका माछा पाइन थालेको स्थानीयहरुले बताएका छन् । अहिले खोला, ताल तथा नदीमा पाइने माछाको प्रजाति प्रदर्शनका लागि राप्ती गाउँपालिकाको वडा नम्बर ५ मा जलीय जैविक विविधता सङ्ग्रहालय बनाउन लागिएकाे छ । यहाँ राखिएका जलप्राणी स्थानीय नदी तथा तालबाट ल्याइएकाे राप्ती गाउँपालिकाले जनाएको छ ।
मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रको पहलमा सुरु भएको जलीय जैविक विविधता संरक्षण अभियान अन्तर्गत ९ ओटा समूह निर्माण भएका छन् । तीमध्ये राप्ती गाउँपालिकाको एउटा समूहलाई दोलही खोलाको विविधता संरक्षणको जिम्मा लगाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।