अमेरिकाको एक विद्यालयमा गोली चल्दा दुई जनाको ज्यान गयो
पुस २, २०८१ मंगलबार
काठमाण्डौ – आज प्रतिनिधि सभा बैठक बस्दै छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा दिवंगत सांसदको निधनमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची रहेको छ ।
आजको बैठकमा पूर्वमन्त्री नविन्द्रराज जोशी र पूर्व सभासद् लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । यस्तै सचिवालयले निकालेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विभिन्न संसदीय समितिका सभापतिले वार्षिक प्रतिवेदनहरू पेश गर्दै हुनुहुन्छ ।
यसैबीच, प्रतिनिधि सभाको चालु हिउँदे अधिवेशन केही दिनमै अन्त्य हुने सम्भावना बढेको छ । बर्खे अधिवेशन अबको एक महिना भित्रै बोलाउनुपर्ने भएकोले चालु हिउँदे अधिवेशन अन्त्य गर्नुपर्ने अवस्था आएको सांसदहरुले बताएका छन् । सर्वाेच्च अदालतको निर्णयबाट ब्यूँतिएको प्रतिनिधि सभाको सातौँ अधिवेशनलाई उत्साह र चासोका साथ हेरिए पनि दलहरूबीच विवाद् र अविश्वासका कारण सदनका काम कारवाही प्रभावकारी बन्न सकिरहेको छैन ।
विधेयक अधिवेशनका रुपमा रहेको यो अधिवेशनमा सदनमा पेश गर्नुपर्ने विधेयकको सूची लामो रहे पनि अहिलेसम्म एउटा पनि विधेयकले प्रवेश पाएको छैन । अहिलेसम्म बसेका ६ वटा बैठक सोक प्रस्ताव पारितमै सिमित भएको छ । नागरिकता, सङ्घीय निजामतीलगायत कतिपय महत्वपूर्ण विधेयक सदनमा अड्किएको लामो समय भए पनि दलहरूको विवादले सदनका बैठकहरू बिजनेस विहीन भइरहेका छन् ।
बर्खे अधिवेशन वैशाख भित्रै बोलाउनुपर्ने संवैधानिक व्यवस्था भएकाले पनि यो अधिवेशन अब धेरै लामो जान सक्ने सम्भावना नरहेको नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईको भनाइ छ । अधिवेशनका लागि विधेयकको लामो सूची भए पनि चालु अधिवेशनमा कुनै विधेयक पेश नभएको र महत्वपूर्ण विषयमा घनिभूत छलफल हुन नसकेको संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले बताउनुभयो ।
प्रतिनिधिसभाको कानुन तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले अदालतको पुनःस्थापना गर्ने निर्णयपछि स्वभाविकरूपमा प्रतिनिधि सभाको अधिवेशन सुरु भए पनि पहिलो बैठकमै सत्तापक्ष र प्रतिपक्षलगायत दलले संविधानले निर्दिष्ट गरेको अध्यादेश पेश गर्न अवरोध पुर्याएकोले समस्या भएको बताउनुभयो ।
पुनःस्थापनापछि प्रतिनिधिसभा बैठक फागुन २३ गते बसेको थियो । प्रतिनिधि सभा पुनःस्थापना भए पनि सरकारले बिजनेश नदिएको आरोप लाग्दै आएको छ । संसदलाई प्रभावकारी बनाउन केही दिनअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर कुराकानीसमेत गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।