माथिल्लो साञ्जेन जलविद्युत् : ९७ प्रतिशत काम सम्पन्न, पुसदेखि उत्पादन सुरु गर्ने

 चैत २९, २०७७ आइतबार १२:०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवामा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाले आउँदो पुसदेखि विद्युत् उत्पादन सुरु गर्ने भएको छ ।

आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल तर्फको काम अन्तिम चरणमा पुगेको र अहिलेसम्म ९७ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । उपकरण जडानका लागि चिनियाँ कामदार तत्काल आए आउँदो दशैं अगाडि नै परीक्षण उत्पादन सुरु गरिने आयोजना प्रमुख सुदनसिंह महतले बताउनुभयो ।

१४ दशमलव ८ मेगावाट क्षमताको आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फ ७० र हाइड्रोमेकानिकलतर्फ ८५ प्रतिशत काम सम्पन्न भएको छ । आमाछोदिङ्मो गाउँपालिका–५, चिलिमेमा निर्माण भइरहेको आयोजनाको २०६८ असोज २३ गते पीपीए भएको थियो ।

आयोजनाको २०७२ साउन १५ गते निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । निर्धारित समयमा निर्माण सम्पन्न गर्न नसक्दा तीन पटकसम्म म्याद थप गरिएको छ । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया