२४ घण्टामा ५३४ जनामा काेराेना सङ्क्रमण, सक्रिय सङ्क्रमितकाे सङ्ख्या ४३ सय नाघ्याे

 बैशाख २, २०७८ बिहिबार १७:०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा पाँच सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

३५ सय ८८ जनाको पीसीआर परीक्षण गर्दा चार सय ९० जना र पाँच सय ६४ जनाकाे एन्टिजेन परिक्षण गर्दा ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लाे २४ घण्टामा सङ्क्रमण पुष्टि भएका पाँच सय ३४ जनासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८२ हजार ५४ पुगेको छ ।

यस्तै २४ घण्टामा एक सय ५७ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७४ हजार ६ सय चार पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढेर ४३ सय ८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा पाँच जनाको ज्यान गएसँगै सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ६६ पुगेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया