‘कुखुराको मासुको भाउ बढे पनि किसानलाई फाइदा छैन’

 वैशाख ७, २०७८ मंगलबार ११:१८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कुखुराको मासुको भाउ बढेको भए पनि किसानलाई भने फाइदा नरहेको कुखुरा उत्पादक किसानहरुले बताएका छन् ।

नयाँ खालको रानीखेतका कारण ६० प्रतिशतभन्दा धेरै कुखुरा मरेको र दानाको भाउ पनि बढेकाले बजारमा भाउ बढ्दासमेत किसान समस्यामै रहेका नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले जानकारी दिनुभयो । यस्तै अहिले चल्ला ३० देखि ४० प्रतिशत मात्रै उत्पादन भइरहेको छ ।

यसले चल्लाको भाउ आकास्सिएकाले किसान थप मर्कामा परेका व्यवसायीहरुले बताएका छन् । पछिल्ला दिनहरुमा काठमाण्डौ उपत्यकामा ब्रोइलर कुखुराको तयारी मासुको मूल्य किलोको ४३० रुपैयाँ पुगेको छ ।

कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च रहेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी सङ्घले जनाएको छ । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया