निर्यात बढाउने योजना नारामै सीमित, ९ महिनामा १० खर्बको व्यापार घाटा

 वैशाख ९, २०७८ बिहीबार १७:२०:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालको व्यापार घाटा ९ महिनामै १० खर्ब रुपैयाँ नाघेको छ ।

भन्सार विभागका अनुसार साउनदेखि चैत महिनासम्मको ९ महिनामा १० खर्ब १६ अर्ब रुपैयाँको व्यापार घाटा भएको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा १२ दशमलव ४९ प्रतिशतले धेरै हो। दश महिनामा नेपालले ९४ अर्ब ७६ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको छ भने ११ खर्ब ११ अर्ब ३९ करोड रुपैयाँको आयात गरेको छ ।

आयात अघिल्लो वर्षको ९ महिनाको तुलनामा १३ दशमलव १२ प्रतिशतले बढेको छ । भारतसँग मात्रै नेपालको ६ खर्ब ५६ अर्ब रुपैयाँको व्यापार घाटा रहेको छ । ९ महिनामा नेपालले भारतमा ६८ अर्ब रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेकोमा सात खर्ब २४ अर्ब रुपैयाँको आयात गरेको छ । यस्तै चीनसँग एक खर्ब ६३ अर्ब रुपैयाँको व्यापार घाटा रहेको छ ।

दश महिनामा नेपालले खाद्यान्न मात्रै ५९ अर्ब ७३ करोड रुपैयाँको आयात गरेको छ । २८ अर्ब रुपैयाँको फलफूल र तरकारी आयात भएको छ । झण्डै डेढ खर्ब रुपैयाँको पेट्रोलियम पदार्थ, एक खर्ब रुपैयाँको फलाम, ७३ अर्ब रुपैयाँका गाडी र २३ अर्ब रुपैयाँको औषधि भित्रिएको छ ।

सरकारले हरेक वर्ष नीति तथा कार्यक्रम र बजेटमा देशमै उत्पादन हुने वस्तुको उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने र निर्यात बढाउने योजना बनाए पनि त्यस्ता योजना नारामै सीमित भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । 

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया