एमाले नेता नेपाल पक्षको रिट सर्वोच्चमा दर्ता, आइतवारका लागि पेसी तोकियो

 बैशाख ९, २०७८ बिहिबार १७:४९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेका नेता माधवकुमार नेपालसहित चार सांसदले अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला दल त्यागको कारबाही गर्न सक्ने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।

आज दर्ता भएको रिटमा अध्यक्ष ओलीले आफूहरुलाई जुनसुकै बेला दल त्यागको कारबाही गर्न सक्ने भन्दै त्यसलाई रोक्न माग गरिएको छ । रिटको पेसी आइतवारका लागि तोकिएको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिनुभयो ।

विधान विपरीत महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई खारेज गरेर महाधिवेशन आयोजक कमिटी बनाएको, आफू पक्षीय १४ जना पदाधिकारी खारेज गरेको, पार्टी सदस्यता नलिएकालाई अचानक केन्द्रीय कमिटी सदस्य बनाएको, विधान अधिवेशन नगरि विधान संशोधन गरेकाले त्यसलाई बदर गर्न रिट निवेदनमा माग गरिएको छ ।

ओलीले वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपालसहित २७ सांसद र प्रदेशसभाका पाँचजनालाई किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण सोध्नुभएको थियो । स्पष्टीकरण सोध्ने निर्णयमाथि रिटमा प्रश्न उठाइएको छ ।

माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल निवेदक रहेको रिटमा एमाले अध्यक्ष एवं संसदीय दलका नेता ओली, महासचिव ईश्वर पोखरेल, निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाइएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया