एमाले महाधिवेशन आयोजक समितिको बैठक सुरु

 वैशाख १०, २०७८ शुक्रबार १२:३८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेकपा एमालेको दशौँ महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको छ ।

आजको बैठकमा नेताहरुको कार्यविभाजन, स्पष्टीकरण सोधिएका खनाल-नेपाल समूहका नेताहरुले दिएका जवाफलगायत विषयमा छलफल हुने एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभयो।यस्तै आजको बैठक वैशाख ६ गतेकै निरन्तरता भएको उहाँको भनाइ छ ।  

६ गतेको बैठकले खनाल-नेपाल समूहका प्रतिनिधिसभाका २७ सांसद र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सबै नेताहरुले स्पष्टीकरण बुझाइसकेका छन् । चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने अध्यक्ष ओलीको तयारी छ ।

आफूहरुमाथि कारबाही गरेर सांसद पद खोस्न खोजेको भन्दै खनाल-नेपाल समूहले हिजो सर्वोच्च अदालतमा रिट निवेदनसमेत दर्ता गराएको छ ।
 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया