बजेटमा परेका तर कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २५, २०८१ शुक्रबार
काठमाण्डौ – इंग्ल्यान्डसँगको पहिलो एक दिवसीय क्रिकेटमा भारत विजयी भएको छ । नागपुरमा हिजो भएको खेलमा भारत ४ विकेटले विजयी भयो । जीतका लागि दुई सय ४९ रनको लक्ष्य पछ्याएको भारतले ३८ ओभर ४ बलमा ६ विकेट गुमाएर भेट्टायो ।
भारतका शुभमन गिल, अक्षर पटेल र श्रेयस अय्यरले अर्धशतक बनाए । गिलले सर्वाधिक ८७ रन जोडे । इंग्ल्यान्डका सकिब मोहम्मद र आदिल राशिदले समान २ तथा जोफ्रा आर्चर र जोकेब बेथहेलले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्ड ४७ ओभर ४ बलमा दुई सय ४८ रनमा अलआउट भएको थियो । उसका कप्तान जस बटलरले सर्वाधिक ५२ रन जोडे ।
भारतका हर्षित राणा र रविन्द्र जडेजाले समान ३ तथा कुलदिप यादव, मोहम्मद सामी र अक्षर पटेलले समान एक विकेट लिए । जीतसँगै भारतले तीन खेलको शङ्खलामा १–० को अग्रता बनाएको छ ।
दुई देशबीचको दोस्रो खेल आइतवार र तेस्रो तथा अन्तिम खेल बुधवार हुनेछ । यसअघि भएको पाँच खेलको टी–२० शङ्खला पनि भारतले ४–१ ले जितेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।