फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआए बन्द गर्छाैँ : सञ्चारमन्त्री गुरुङ

 माघ २३, २०८१ बुधबार १५:२०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिबन्ध लगाउने बताउनुभएको छ ।

काठमाण्डाैमा आज एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले नेपालमा दर्ता नभएका कुनै पनि सामाजिक सञ्जाल चल्न नदिने चेतावनी दिनुभएको हो । उहाँले दर्ता हुन आउन मेटा कम्पनीलाई पनि बोलाएको तर नआइरहेको बताउनुभयो । अब पनि नआए फेसबुक, इन्स्टाग्राम लगायत बन्द नै गर्ने उहाँको भनाइ छ ।

अहिले दर्तासहित सम्पर्क विन्दु तोकेको सामाजिक सञ्जाल टिकटक मात्रै रहेको भन्दै मन्त्री गुरुङले अरू सामाजिक सञ्जालका लागि पनि उस्तै व्यवस्था रहेको उल्लेख गर्नुभयाे ।

सञ्चारमन्त्री गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारबाही गर्नकै लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको पनि दाबी गर्नुभयो । मनपरी लेख्ने, मनपरी गर्नेकुरा लोकतन्त्र नभएको भन्दै उहाँले सामाजिक सञ्जाल नियन्त्रण आवश्यक रहेको बताउनुभयो ।

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया