जनमुक्ति सेनाकाे माग : अयोग्यको ‘बिल्ला’ खारेज गर्दै सम्मानयुक्त शब्दसहित राज्यले परिचयपत्र दिनुपर्ने

 वैशाख १०, २०७८ शुक्रबार १५:५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बहिर्गमित जनमुक्ति सेना नेपालले आफूहरुलाई लगाइएको अयोग्यको बिल्ला खारेज गर्दै सम्मानयुक्त शब्दसहित राज्यद्वारा सम्मानपत्र र परिचयपत्र दिनुपर्ने माग गरेको छ ।

बर्हिगमित जनमुक्ति सेना नेपालले गरेको चौथो राष्ट्रिय सम्मेलनको पूर्ण केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै आफूहरुलाई लगाइएको अयोग्यको बिल्ला खारेज गरी राज्यद्वारा सम्मानपत्र र परिचयपत्र वितरण गर्नुपर्ने माग राखेको हो । त्यसैगरी तत्कालीन नेकपा माओवादी र नेपाल सरकारबीच भएको हतियार र सेना व्यवस्थापनको अनुगमन सम्झौता अनुरुप तत्कालीन समयका १८ वर्ष मुनिका बाल सेनाहरुलाई पुनस्थापनाका लागि आवश्यक र उपयुक्त सहयोग प्रदान गरिनुपर्ने पनि माग गरेको छ ।

बर्हिगमित जनमुक्ति सेनालाई स्वेच्छिक अवकाश लिएका जनमुक्ति सेना सरह आर्थिक प्याकेज दिनुपर्ने, जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्नुपर्ने, सम्पूर्ण राजनीतिक आन्दोलनका घाइतेहरुलाई औषधि उपचारसहितको दीर्घकालीन व्यवस्था गरिनुपर्ने र सम्पूर्ण बहिर्गमित जनमुक्ति सेनाका सदस्य तथा तिनका बालबालिकालाई कम्तिमा कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गर्न समेत माग गरेका छन् ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया