बाख्रालाई घाँस खुवाउन झुन्ड्याइएकाे डाेरी घाँटीमा कस्सिएर बालिकाकाे ज्यान गयाे

 बैशाख १२, २०७८ आइतबार १५:४७:४३ | सन्ताेष रुचाल
unn.prixa.net

प्रतिकात्मक तस्बिर

धनकुटा – धनकुटामा बाख्रालाई घाँस खुवाउन झुण्ड्याइएको डोरी घाँटीमा कस्सिएर एक बालिकाको ज्यान गएको छ ।

चौबिसे गाउँपालिका–७ मौनाबुधुकका भीखराज लिम्बूकी ९ वर्षीया छोरी कुनसाङ लिम्बूको ज्यान गएको प्रहरीले जनाएको छ । डोरीमा झुण्डिएर खेल्ने क्रममा डोरी घाँटीमा कस्सिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक (एसपी) गोविन्द अधिकारीले जानकारी दिनुभयो ।   

अन्तिम अपडेट: चैत १५, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया