स्वास्थ्य मन्त्रालयले भन्याे– ‘मास्क नलगाउने व्यक्तिका समाचार नदिनुहाेस्’

 वैशाख १२, २०७८ आइतबार १५:२३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सुरक्षा सावधानीका उपाय पूर्णरुपमा पालना गर्न आग्रह गरेको छ । आइतवार मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गर्दै मास्कको प्रयोग गर्न र स्वास्थ्य सावधानीका उपाय अपनाउनेतर्फ संवेदनशील हुन आग्रह गरेको हो । 

मन्त्रालयले कोभिड–१९ महामारीसँग जुध्नका लागि सञ्चारकर्मी तथा सञ्चारमाध्यमले सक्रियता र समन्वयमा सन्देशहरु प्रवाह गरी सङ्क्रमण रोकथामका भूमिका निर्वाह गरेको भन्दै धन्यवाद पनि दिएको छ । साथै अबका दिनमा सञ्चारमाध्यम झन् बढी संवेदनशील हुँदै खबरदारी गर्नुपर्ने अवस्था आएको मन्त्रालयले बताएको छ । 

समाचार पढ्दा, अन्तर्वार्ता लिँदा वा कुनै पनि कार्यक्रमका समाचार बनाउँदा मास्कको अनिवार्य प्रयोग गर्न पनि स्वास्थय मन्त्रालयले आग्रह गरेको छ । साथै मन्त्रालयले मास्कको प्रयोग नगर्ने व्यक्तिहरुका समाचार सूचनाहरुलाई निरुत्साहित गर्न, बन्द गर्न, प्रकाशन प्रसारण नगरिदिन पनि आग्रह गरेको छ । 

यसैबीच मन्त्रालयले सङ्क्रमणको चक्र रोक्न नसकिएमा केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँ नहुने चेतावनी दिँदै सङ्क्रमितको उपचारका लागि कुनै पनि औषधि उपाय विकास नभइसकेकाले अहिलेका लागि रोकथाम गर्न सरकारले तोकेका मापदण्डहरू नै निर्विकल्प रहेकाे मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया