सुनको भाउ चार सय रुपैयाँले घट्यो
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – काठमाण्डाै उपत्यकाका तीन जिल्लामा यही वैशाख १६ मध्यरातदेखि निषेधाज्ञा लगाउने तयारी भएकाे छ ।
साेमवार बसेकाे उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीकाे संयुक्त बैठकले काेराेना सङ्क्रमणकाे जाेखिम बढ्दै गएकाले काठमाण्डाै, भक्तपुर र ललितपुरमा निषेधाज्ञा लगाउने तयारी गरेकाे हाे । निषेधाज्ञाकाे औपचारिक निर्णय भने आउन बाँकी छ ।
निषेधाज्ञा अवधिमा सार्वजनिक र निजी दुवै गाडी चल्न बन्द गरिनेछ । उपत्यकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिनेछ । त्यस्तै शैक्षिक संस्था, हाेटल, रेस्टुरेन्ट पनि बन्द गरिने तयारी छ ।
यसअघि आइतवार बसेकाे काेभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र अर्थात् सीसीएमसीकाे बैठकले काठमाण्डाै उपत्यकालगायत सहरी क्षेत्रमा निषेधाज्ञा लगाउन सिफारिस गरेकाे थियाे ।
सीसीएमसी बैठकले लकडाउन गर्नुपर्ने र त्यो नभए निषेधाज्ञामा जानुपर्ने सुझाएको थियो । यस्तै पहाडी जिल्लामा दुई सय र सहरी क्षेत्रमा पाँच सय सक्रिय सङ्क्रमित भएमा ती क्षेत्रमा निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।