सुनको भाउ चार सय रुपैयाँले घट्यो
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाल चिकित्सक सङ्घले अस्पतालहरूमा अक्सिजन, हाई डिपेन्डेन्सी युनिट र बेड अभाव हुन नदिन तत्काल कार्यक्रम बनाइ कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएको छ ।
सङ्घको सोमवार बसेको बैठकले अस्पतालहरूमा चिकित्सक र स्वास्थ्यकर्मीहरूको दरबन्दी न्यून भइरहेकाले दरबन्दी तत्काल थप गर्न र अक्सिजन, हाई डिपेन्डेन्सी युनिट र बेडको अभाव हुन नदिन कार्यक्रम बनाइ कार्यान्वयन गर्न सुझाव दिएको हो ।
यस्तै कोभिड र ननकोभिड बिरामीको उपचारका लागि छुट्टा छुट्टै अस्पताल तोक्न पनि माग गरेको छ । अहिले भइरहेका अस्पतालहरूमा बिरामी भरिएकाले बेड अभाव भइसकेको अवस्थामा अन्य बिरामीलाई अत्यावश्यक भएको बेलामा मात्रै अस्पतालमा जाने व्यवस्था मिलाउन पनि सङ्घले सुझाव दिएको छ । सङ्क्रमितको सङ्ख्या धेरै भएका ठाउँमा मेडिकल इमर्जेन्सी लागू गरी लकडाउन गर्न पनि सुझाव दिइएको छ ।
सङ्घले चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाका लागि बीमाको व्यवस्थासहित उपचारको ग्यारेन्टी लिन पनि माग गरेको छ ।
यस्तै नागरिकलाई सामाजिक दुरी, मास्क र स्यानिटाइजरको राम्रोसँग प्रयोग गर्न पनि अनुरोध गरेको छ । भिडभाडमा नजान र घर बाहिर ननिस्कन पनि सङ्घले अपिल गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।