मद्रास उच्च अदालतको आरोप : कोरोना फैलाउन निर्वाचन आयोग मुख्य जिम्मेवार छ

 वैशाख १४, २०७८ मंगलबार १०:३२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतको मद्रास उच्च अदालतले कोरोना भाइरस फैलाउन जिम्मेवार भएको भन्दै निर्वाचन आयोगको चर्को आलोचना गरेको छ ।

देशमा कोरोना महामारी उच्च बिन्दुमा पुग्दा समेत पाँच वटा राज्यमा र्यालीसहितका चुनावी गतिविधि गर्न दिएको भन्दै उच्च अदालतले निर्वाचन आयोगको आलोचना गरेको हाे ।

कोरोना महामारीको बीचमा पनि ठूलाठूला र्याली हुँदा निर्वाचन आयोगका अधिकारी कुन ग्रहमा थिए भनेर मद्रास उच्च अदालतका न्यायाधीशले प्रश्न गरेको बीबीसीले जनाएको छ । मद्रास उच्च अदालतका मुख्य न्यायाधीश सञ्जीव बनर्जीले कोरोना फैलाउन निर्वाचन आयोग पूर्ण जिम्मेवार रहेको भन्दै उच्च अधिकारीलाई हत्याको आरोप लगाउनुपर्ने बताउनुभएको छ ।

अस्पतालदेखि मसानघाटमा पनि खाली ठाउँ नरहेको भन्दै न्यायाधीशले निर्वाचन आयोगका अधिकारीले किन हत्याको आरोप खेप्नु नपर्ने भनेर सोधेका खबरमा उल्लेख छ । कोरोना महामारीकै बीचमा भारतको केरला, तमिलनाडू, आसाम, पश्चिम बङ्गाल अनि केन्द्र प्रशासित क्षेत्र पुदुचेरीमा चुनाव सम्पन्न भएको छ । 

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया