बिहीवारदेखि कैलालीमा पनि निषेधाज्ञा

 बैशाख १४, २०७८ मंगलबार १८:२५:२२ | सीताराम ओझा
unn.prixa.net

फाइल फाेटाे

कैलाली – जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को सिफारिसमा जिल्ला प्रशासन कार्यालय कैलालीले वैशाख १६ गतेदेखि निषेधाज्ञा गर्ने निर्णय गरेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी भएको जानकारी दिनुभयाे । 

‘अहिलेको कोरोनाको चेन ब्रेक गर्न पनि निषेधाज्ञा गर्नुपर्ने बाध्यता देखियो । यो अवधिमा अत्यावश्यक सेवाबाहेक सबै बन्द रहनेछन्’, प्रमुख जिल्ला अधिकारी रिजालले भन्नुभयाे । आवश्यक परे निषेधाज्ञाको अवधि थप्न सकिने उहाँकाे भनाइ छ ।  

यसअघि सोमवार कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको धनगढीमै बसेको संयुक्त बैठकले दुवै जिल्लामा रात्रिकालीन लकडाउन मात्रै गर्ने निर्णय गरेकाे थियाे । 

कैलालीमा मात्रै सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सयभन्दा बढी छ । कैलाली र कञ्चनपुरका अस्पतालमा काेराेनाका गम्भीर प्रकृतिका बिरामी बढेपछि आईसीयु र भेन्टिलेटरको अभाव छ ।  

 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया