सर्वाेच्चले बन्दी प्रत्यक्षीकरण र काेराेनासँग सम्बन्धित दर्ता तथा सुनुवाइबाहेकका काम स्थगन गर्ने

 बैशाख १४, २०७८ मंगलबार २०:२५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदालतले कोरोना सङ्क्रमण र त्यससँग सम्बन्धित दर्ता तथा सुनुवाइबाहेक कार्यालयबाट हुने अन्य काम, कारबाही स्थगन गरेको छ ।

अदालतका सह–प्रवक्ता देवेन्द्र ढकालले एक विज्ञप्ति निकालेर अदालतमा बन्दी प्रत्यक्षीकरण तथा कोरोना महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनको दर्ता र सुनुवाइबाहेकका अन्य काम र सेवा स्थगन गरिएको बताउनुभयो ।

उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधिकरणहरूको हकमा स्थानीय परिस्थिति तथा जोखिमको अवस्था हेरेर सम्बन्धित अदालत कार्यालयले समन्वय गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । यसको व्यवस्थापकीय समन्वय भने सर्वोच्च अदालत प्रशासनले गर्ने जनाइएको छ ।

 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया