कैलाली र कञ्चनपुरमा वैशाख २२ गते मध्यरातसम्म निषेधाज्ञा

 बैशाख १६, २०७८ बिहिबार १६:१६:५७ | सीताराम ओझा
unn.prixa.net

कञ्चनपुर – स्थानीय प्रशासन कार्यालयले कैलाली र कञ्चनपुरमा घाेषणा गरेकाे निषेधाज्ञा सुरु भएको छ।  कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि सङ्क्रमणको ‘चेन ब्रेक’ गर्न अर्थात् फैलिने लहर तोड्न कैलाली र कञ्चनपुरमा बिहीवार (आज) बिहानदेखि निषेधाज्ञा लगाइएकाे हाे । 

यी दुई जिल्लामा वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइएकाे दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले बताएका छन् । जिल्लामा फैलिरहेको सङ्क्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै एक हप्तासम्म निषेधाज्ञा जारी गरेको उनीहरूले बताएका छन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले निषेधाज्ञा गर्नु बाध्यात्मक अवस्था रहेकाले सबै नागरिकलाई गम्भीरतापूर्वक स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी घरमै सुरक्षित बस्न आग्रह गर्नुभएकाे छ निषेधाज्ञाको उल्लङ्घन गरिए कानुनअनुसार कडा कारबाही गरिने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया