राष्ट्रिय सभा सदस्य उपचुनावमा पाँच दलले भाग लिने

 वैशाख १६, २०७८ बिहीबार १८:४६:३९ | रासस
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपचुनावमा पाँच राजनीतिक दलले भाग लिने भएका छन् । उपचुनावका लागि नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आयोगमा दल दर्ता गराएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।  

उपचुनावका लागि एमालेलाई सूर्य र क्रम एक, कांग्रेसलाई रुख र क्रम दुई, नेकपा (माओवादी केन्द्र) लाई गोलाकारभित्र हँसिया हथौडा चिह्न र क्रम तीन, राप्रपालाई हलो चिह्न र क्रम चार तथा नेमकिपालाई मादल चिह्न र क्रम पाँचको क्रममा मतपत्रमा समावेश गरिने भएको छ ।

आउँदाे जेठ ६ गते बिहीवार हुने प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपचुनावका लागि राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ को उपदफा (३) बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्ने र दल दर्ता गर्ने राजनीतिक दललाई निर्वाचन चिह्न निर्धारण गरी प्रदान गर्ने आयोगले निर्णय गरेको छ ।  

उपचुनावका लागि तीन सय ४८ मतदाता कायम  

उपचुनावका लागि प्रदेश सभा सदस्य एक सय १० जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख दुई सय ३८ गरी तीन सय ४८ मतदाता कामय भएको छ ।

आयोगका अनुसार स्वीकृत भएको मतदाता नामावली यही वैशाख २१ गते बिहान ११ बजे निर्वाचन अधिकृतको कार्यालय हेटौँडामा प्रकाशन गर्ने र प्रकाशित मतदाता नामावलीमा त्यही दिनको बिहान ११ बजेदेखि बेलुकी पाँच बजेसम्म नाम समावेश हुन छुटेका व्यक्तिले आफ्नो नाम समावेश गर्नका लागि दरखास्त दिने व्यवस्था गरिएको छ ।

मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिले आफ्नो नाम, थर, उमेर, पद आदि विवरण सच्याउन दरखास्त दिने, मतदाता नामावलीमा उल्लिखित मतदाताको विरोधमा उजुरी दिन सकिने छ ।
उपचुनावका लागि तयार भएको नामावली आयोगको वेबसाइटमा समेत प्रकाशन गरिएको छ ।

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया