गण्डकी प्रदेशका पाँच जिल्लामा चार घण्टा विद्युत आपूर्ति बन्द हुने

 वैशाख १८, २०७८ शनिबार ८:४४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कास्की र आसपासका जिल्लामा आज बिहान १० बजेदेखि दिउँसो दुई बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ ।

पोखरा ग्रिड अन्तर्गत लेखनाथ सबस्टेशनको मर्मत गर्नुपर्ने भएकाले विद्युत कटौती गर्नुपरेको विद्युत प्राधिकरणले जनाएको छ ।

आज बिहान १० बजेदेखि दुई बजेसम्म कास्की, पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङ जिल्लामा विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको छ ।

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया