एसएस फाउण्डेशनले फुटबलर अमिशा कार्कीलाई नगद एक लाखसहित सम्मा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाडौं – बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाली सिनेमामा काम गर्ने खबर यतिबेला चर्चामा छ । लण्डनमा छायांकन हुने नेपाली सिनेमा ‘पासवर्ड’का लागि सन्नी लियोनीले २ करोड नेपाली रुपेयाँ पारिश्रमिक लिएको बुझिएको छ ।
बलिउड र नेपाली फिल्मको सहकार्यमा बन्न लागेको यस सिनेमामा सन्नी लियोनीसँग केही नाम चलेका नेपाली कलाकारहरुले काम गर्नेछन् भने केही नयाँ कलाकारले ।
जसमा अभिनेता अनुपविक्रम शाही, विक्की जोशी, नयाँ अभिनेत्रीहरु परी राना, लिसा सुनार,अभिनेत्री छुल्ठिम गुरुङ, कलाकारहरु रविन्द्र झा, प्रविण खतिवडा, बुद्धि तामाङ, विक्रान्त बस्नेतलगायत छन् । यही सिनेमाको छायाकंनका लागिअभिनेता बुद्धि तामाङ भोलि अर्थात शुक्रबार लण्डन उड्नेछन् । यस सिनेमामा सन्नीसँग अभिनेता अनुपविक्रम शाहीले सबैभन्दा बढी सिन गर्नेछन् । उनी यो सिनेमामा भिलेनको भूमिकामा हुनेछन् ।
अभिनेत्री सन्नी लियोनी पनि सिनेमाको छायाकंनका लागि भारतबाट लण्डन उड्ने तयारीमा छिन् । नेपालका अन्य कलाकारहरु पनि केही दिनमा लण्डन उड्नेछन् । आइतबारदेखि छायाकंन हुने यस सिनेमाको छायाकंनका लागि २० जनाको टोली यसअघि नै लण्डन पुगिसकेको छ ।
यो सिनेमा ३० करोडमा बन्ने बताइएको छ । सिनेमाको ९८ प्रतिशत छायाकंन लण्डनमा हुनेछ भने बाँकी छायाकंन नेपालमा गरिने भएको छ ।
सम्राट बस्नेतको निर्देशनमा बन्ने यो सिनेमालाई नेपाली र बलिउड चलचित्र र संस्कृतिलाई एकसाथ जोड्नका लागि निर्माण गर्न लागिएको निर्माण पक्षले बताएको छ । प्राविधिकदेखि सिनेमा छायाकंनका लागि प्रयोग हुने सबै सामग्री भारतबाटै लगिने निर्माण पक्षले जनाएको छ ।
-उज्यालाे र गफगाफ डटकमकाे सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।