झापामा बिना खनजोत मकैखेती
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले पाँच ठाउँमा एम्बुलेन्स तयारी अवस्थामा रहेकाले निःशुल्क सेवा लिन आग्रह गरेको छ । महानगरपालिकाले सूचना निकालेर कोरोना सङ्क्रमणबाहेकका बिरामीहरूका लागि सञ्चालन गरिएको निःशुल्क एम्बुलेन्स सेवा लिन आग्रह गरेको हो ।
महानगरपालिकाले डिल्लीबजार, मैतीदेवी, कमल पोखरी, पुतलीसडक, थापाथली, त्रिपुरेश्वर, टेकु, न्युरोड, जमल, बबरमहल, नरदेवी, वीर अस्पताल, दरबार मार्ग, बागबजार, ठमेल लगायतका क्षेत्रका बिरामीका लागि राष्ट्रिय सभा गृहमा दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको जनाएको छ ।
यस्तै चावहिल, बौद्ध, जोरपाटी, गौशाला, पुरानो बानेश्वर, रातोपुल, कालोपुल, भत्केको पुल, गोपीकृष्ण, सुकेधारा लगायतको ठाउँका लागि चावहिलमा र बल्खु, कालीमाटी, कुलेश्वर, कलङ्की, सीतापाइला, ताहाचल, स्वयम्भू, ठूलो भर्याङ लगायतका ठाउँका बासिन्दाका लागि स्वयम्भूमा एम्बुलेन्स रहेको महानगरपालिकाले जनाएको छ ।
यस्तै वनस्थली, बालाजु, माछापोखरी, बसपार्क, नयाँबजार, सोह्रखुट्टे, लैनचौर, लाजिम्पाट, गोङ्गबु, बालुवाटार, टिचिङ, चक्रपथ, बसुन्धरा, कान्ति अस्पताल लगायतका ठाउँका लागि महाराजगञ्ज तथा पेप्सीकोला, जडीबुटी, कोटेश्वर, तीनकुने, गैह्रीगाउँ, सिनामङ्गल, मीनभवन, नयाँ बानेश्वर, शान्तिनगर, भीमसेनगोला लगायतका ठाउँका बासिन्दालाई मीनभवनमा राखिएको एम्बुलेन्सलाई सम्पर्क गर्न महानगरपालिकाले आग्रह गरेको छ ।
महानगरपालिकाले कोरोनाबाहेकका बिरामीहरूलाई घरबाट अस्पताल र अस्पतालबाट घर तथा एउटा अस्पतालबाट अर्को अस्पतालमा जानका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको हो । निषेधाज्ञाका बेला बिरामीहरूले गाडी नपाउने समस्यालाई ध्यान दिएर एम्बुलेन्स सेवा सञ्चालन गरेको काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।
काठमाण्डौ महानगरपालिकाले प्रकाशित गरेको सूचना–
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।