कङ्गनाकाे ट्विटर अकाउन्ट निलम्बनमा, भन्छिन्– ‘मसँग अरू धेरै प्लेटफर्म छ’

 बैशाख २१, २०७८ मंगलबार १५:२३:८ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै –  बलिवुड अभिनेत्री कङ्गना रनावतको ट्विटर अकाउन्ट निलम्बित (सस्पेन्ड) भएको छ ।  

कङ्गनाले ने सोमवार पश्चिम बङ्गालमा हिंसाको दाबी गर्दै एक ट्वीट गरेकी थिइन्, उनको त्यो ट्वीटलाई ट्विटरमा कैयौँ व्यक्तिले हिंसक र भड्काउन प्रेरित रहेको बताएका थिए । केहीले कङ्गनाको ट्विटर अकाउन्ट रद्द गर्न माग गरेका थिए ।

एक ट्वीटमा कङ्गनाले बङ्गालमा राष्ट्रपति शासनकाे माग गर्दै लेखेकी थिइन्, ‘गुन्डागर्दी समाप्त गर्नका लागि माेदीजीले आफ्नाे विराट रूप देखाउनुहाेस् ।’

यद्यपि कङ्गनाको अकाउन्ट किन निलम्बित गरिएको हो भन्नेबारेमा ट्विटरले अहिलेसम्म कुनै आधिकारिक कुरा सार्वजनिक गरेको छैन ।

ट्विटरमा कङ्गनाको पेजमा लेखिएको छ, ‘ट्विटरको नियम उल्लङ्घन गर्ने ट्विटर अकाउन्ट ट्विटरले निलम्बित गर्छ ।’  

कङ्गनाले आफ्नो ट्विटर अकाउन्ट निलम्बित गरिएकोप्रति कडा प्रतिक्रिया दिँदै आफूसँग अन्य प्लेटफर्म भएको बताएकी छिन् । कङ्गनाको टिमले एक विज्ञप्तिमा भनेको छ, ‘ट्विटरले मेरो नै पक्षलाई साबित गरिदिएको छ । मसँग सिनेमासहित धेरै प्लेटफर्म छन्, जसको प्रयोग म आफ्नो आवाज उठाउनका लागि गर्न सक्छु । तर यातना दिइएका, दास बनाएका र हजारौँ वर्षदेखि दबाएर राखिएका र अहिलेसम्म दुःखको अन्त्य नभएका देशका मानिसहरूको बारेमा मेरो हृदय दुख्छ ।’  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया