प्रधानमन्त्रीलाई विश्वासकाे मत जुटाउन अरु दलसँगको छलफललाई निरन्तरता दिँदै एमाले

 बैशाख २३, २०७८ बिहिबार १२:४०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा विश्वासको मत जुटाउन पहल गने निर्णय गरेको छ ।

बिहान बालुवाटारमा बसेको स्थायी कमिटी बैठकपछि एमाले नेता प्रदीपकुमार ज्ञवालीले आउँदो २७ गतेको संसद अधिवेशनमा प्रधानमन्त्रीका लागि विश्वासको मत जुटाउन अरु दलसँगको छलफललाई निरन्तरता दिने निर्णय भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिँदै हुनुहुन्छ । मत जुटाउन उहाँले हिजो कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमै पुगेर छलफल गर्नुभयो । यस्तै बैठकले राष्ट्रियसभा चुनावमा मतको विश्लेषण गरी उमेदवार छान्ने निर्णय गरेको ज्ञवालीले बताउनुभयो ।

उहाँले भन्नुभयो 'जेठ ६ गते हुन गइरहेको वाग्मती प्रदेशबाट निर्वाचित हुने एक जना राष्ट्रियसभा सदस्यको निर्वाचनमा नेकपा एमालेको उम्मेदवारलाई जिताउने गरी, एमालेको जित सुनिश्चित हुने गरी छलफल गर्ने निर्णय भएको छ । उम्मेदवारको हकमा हामी छिट्टै निर्णय गर्छौँ । विश्वासको मत प्राप्त गर्ने गरी विभिन्न पक्षसँग छलफल चलिरहेको छ । त्यसलाई अझै सघन ढङ्गले अघि बढाउने र त्यसलाई निरन्तरता दिने पनि कुरा भएको छ ।'

सरकारले विश्वासको मत लिनका लागि आउँदाे सोमवार प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरिसकेको छ । यसको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले बुधवार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटी आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको थियो ।

कांग्रेसले सहयोग गर्न नसक्ने जनाइसकेको छ ।

 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया