राप्ती चक्रपथको काम लकडाउनका बेला पनि निरन्तर

 वैशाख २४, २०७८ शुक्रबार ९:३३:१६ | हेमराज शर्मा
unn.prixa.net

दाङ - लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा राप्ती गाउँपालिकाको गौरवको योजना राप्ती चक्रपथ निर्माणको काम लकडाउनका बेला पनि निरन्तर भइरहेको छ ।

दुवैतर्फ नालासहित ३५ किलोमिटर लम्बाइ र १२ मिटर चौडाइको चक्रपथ निर्माणको काम स्वास्थ्य मापदण्ड पालना गरेर भइरहेको निर्माण व्यवसायीले बताएका छन् । 

राप्ती गाउँपालिकाको वडा नम्बर १ र वडा नम्बर ६ बाट एकैसाथ निर्माण सुरु भएको चक्रपथको अहिले कालोपत्रे गर्ने काम भइरहेको छ । राप्ती गाउँपालिकाले कालोपत्रे, स्तर उन्नति र ट्रयाक खोल्ने कामलाई सँगसँगै अगाडि बढाएको छ ।

प्रदेश सरकारको समपूरक कोष र पालिकाको एक/एक करोड रुपैयाँको लागतमा राप्ती चक्रपथको काम भइरहेको राप्ती गाउँपालिकाका इञ्जीनियर अशोक बेलबासेले बताउनुभयो । निर्माणाधिन राप्ती चक्रपथलाई राजमार्गसम्म जोड्न विभिन्न पाँच वटा सडकलाई लिङ्क रोडका रुपमा विकास गर्ने योजना छ । अहिले ती लिङ्क रोडको स्तर उन्नतिको काम भइरहेको छ ।

अन्तिम अपडेट: जेठ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया