प्रतिनिधि सभा कार्यव्यवस्था समितिको बैठक बस्दै

 बैशाख २६, २०७८ आइतबार ९:५४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रतिनिधि सभा कार्यव्यवस्था समितिको बैठक दिउँसो १ बजे बस्ने भएको छ ।

भोलि (सोमबार) बस्ने प्रतिनिधि सभा बैठक सञ्चालन बारेमा छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले बैठक बोलाउनुभएको सभामुख सापकोटाका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

बैठकमा कोरोना सङ्क्रमण भएका सांसदहरुको संसदमा उपस्थिति र मतदानको व्यवस्था, सरकारलाई दिएको समर्थन फिर्ता पछि प्रतिपक्ष दल बनेको नेकपा माओवादी केन्द्रका सांसदहरुको संसदमा बसाइ व्यवस्थापन, संसदमा स्वास्थ्यका मापदण्ड पालना लगायतका विषयमा छलफल हुने न्यौपानेले बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसदमा विश्वासको मत लिनुहुने र राजनीतिक अवस्था संकटपूर्ण रहेको बेला बस्न लागेको संसद बैठकलाई गम्भीरताका साथ लिँदै पूर्व तयारीबारे कार्यव्यवस्था बैठकमा छलफल हुने उहाँले बताउनुभयो । प्रतिनिधि सभाका २८ जना सांसदलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया