असिनापानीले ३० बिगाह क्षेत्रफलमा लगाएकाे तरकारी नष्ट

 वैशाख ३०, २०७८ बिहीबार १३:१८:५२ | हेमराज शर्मा
unn.prixa.net

दाङ – बुधबार परेको असिनापानीले तुलसीपुर उपमहानगरपालिका -१३ बखरियाका किसानले करिब ३० बिगाह क्षेत्रफलमा लगाएको  तरकारीमा क्षति पुर्‍याएको छ । असिनासहितको पानी र हावाहुरीले तरकारी खेतीमा क्षति पुर्‍याएको स्थानीय  शिशिर रावतले जानकारी दिनुभएको छ । 

लकडाउनका कारण  विभिन्न समस्या व्यहोर्दै आएका किसाहरू तराकारी खेती असिनाले सखाप बनाएपछि निराश बनेका छन् । बखरियामा करिब ३० बिघा क्षेत्रफलमा तरकारी खेती गरिएको छ । त्यहाँ लगाइएको टमाटर, खुर्सानी, भेडे खुर्सानीलगायतमा असिनापानीले क्षती पुर्‍याएकाे छ ।

केहीले जग्गा भाडामा लिएर तथा केहीले आफ्नै जग्गामा तरकारी खेती गरेका छन् । अधिकांशले टमाटर खेती गरेका र टमाटर खेतीको पहिलो वर्षमै असिनाले क्षति पुर्‍याएको किसान रावतले बताउनुभयाे । किसानहरुले टमाटर खेतीको बीमा पनि गरेका छैनन् । त्यस क्षेत्रमा तरकारी खेती गरिरहेका ७/८ जना किसानकाे  प्रत्येकको ५ देखि ७ लाखसम्म क्षति भएको किसानले बताएका छन् ।

अन्तिम अपडेट: जेठ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया