निर्वाचन आचारसंहिता विपरीत प्रचार गर्नु आपत्तिजनक : कांग्रेस

 जेठ ५, २०७८ बुधबार १९:५२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता विपरीत पार्टीको उम्मेदवारको पक्षमा प्रचार गरेको भन्दै आपत्तिजनक भएकाे जनाएकाे छ । 

नेपाली कांग्रेसको संसदीय दलको बैठकले निर्वाचन आचारसंहिता विपरीत पार्टीका उम्मेदवार रामबहादुर थापाको पक्षमा प्रचारप्रसार गरेको भन्दै आपत्ति जनाएको छ । प्रधानमन्त्री ओलीले निर्वाचन आचारसंहिता विपरीत मत माग्नु संविधान, कानुन र विधिको शासनको बर्खिलापमा भएको कांग्रेसको संसदीय दल कार्यसमिति बैठकपछि प्रमुख सचेतक बालकृष्ण खाँणले बताउनुभयो ।

बिहीवार हुने मतदानका लागि निर्वाचन आयोगले जेठ ३ गते मध्यरातिदेखि नै कुनै पनि प्रकारका प्रचारप्रसार र निर्देशन दिन नपाउने भनेर मौन अवधि सुरु भएको जनाएको छ ।

तर प्रधानमन्त्री ओलीले पार्टीभित्र निर्देशन दिने नाममा पार्टीको चुनाव चिह्न र उम्मेदवारलाई भोट माग्दै अपिल पत्र सार्वजनिक गर्नुभएको हो । ओलीले अपिल पत्र निकालेर प्रधानमन्त्री ओलीले पार्टीले आधिकारिक उम्मेदवारकाे रूपमा रामबहादुर थापा बादललाई अघि सारेकाले पार्टीका आधिकारिक उम्मेदरवारविरुद्ध उम्मेदवारी दिनु, निर्वाचन चिह्नलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा मत खसाउने विषय कल्पनाबाहिरको विषय भएको बताउनुभएको हाे ।   

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया