अमेरिकाको एक विद्यालयमा गोली चल्दा दुई जनाको ज्यान गयो
पुस २, २०८१ मंगलबार
काठमाण्डौ - ललितपुर महानगरपालिकाभित्र आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु गरिने भएको छ ।
खोप लगाउनका लागि विभिन्न २९ ठाउँमा केन्द्र तोकिएका छन् । एउटा वडामा एउटा खोप केन्द्र तोकेर खोप लगाउने समय तय गरिएको महानगरपालिकाले जनाएको छ ।
शनिवारबाहेक १३ गतेसम्म आफूलाई पायक पर्ने ठाउँमा गएर खोप लगाउन सकिने ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताउनुभएको छ ।
कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज दिन लागिएको हो । ललितपुर महानगरपालिकाका ४८ हजार ७ सयभन्दा धेरैले पहिलो डोज लगाएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।