स्विट्जरल्याण्डले पनि नेपाललाई पठायाे स्वास्थ्य सामग्री

 जेठ ८, २०७८ शनिबार १३:१७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -स्विट्जरल्याण्डले पठाएको स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण भएको छ ।

स्वीस राजदूत एलिजाबेथ भोन क्यापेलरले कोभिड-१९ सङ्कटसँग लड्न ४० वटा भेन्टिलेटर, १० वटा अक्सिजन कन्सन्ट्रेटर, ११ लाख र्यापिड एन्टिजेन किट्स लगायत स्वास्थ्य सामग्री स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नु भएको हो ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै स्वीस राजदूत एलिजाबेथले कोरोना महामारीमा आफूहरु नेपालीकै साथमा रहेको बताउनुभयो ।  नेपालको आग्रहमा स्विट्जरल्याण्डले यी स्वास्थ्य सामग्री सहयोग गरेको नेपालमा रहेको स्वीस राजदूतावासले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया