काठमाण्डौ महानगरको सीप मेला : तालिममा सहभागी हुन टुँडिखेलमा पनि फारम भर्न सकिने

 बैशाख २०, २०८१ बिहिबार ९:४८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको आयोजनामा टुँडिखेलमा ‘सिप मेला २०८१’ चलिरहेको छ । महानगरपालिकाले हिजो  ‘विश्व मजदुर दिवस’ को अवसर पारेर मेला शुरु गरेको हो । २ हजार ८१ जनालाई निःशुल्क सिपमुलक तालिम दिने र तालिम लिएकाहरुलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ्’ उपलब्ध गराउने लक्ष्यसहित मेला थालिएको हो ।

सिलाइका लागि कपडा काटेर र काटिएको कपडालाई मेसिनमा सिलाएर मेलाको उदघाटन गर्दै महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले, विगतका तालिमभन्दा अहिलेको तालिम फरक विशेषताको भएको बताउनुभयो । उहाँले विगतमा धेरै तालिम भएप पनि  जनशक्ति आवश्यक पर्ने ठाउँमा सिपयुक्त जनशक्तिको सधैँ अभाव रहेकाले अहिलेको तालिमलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ्’ सँग जोडेको बताउनुभयो । मेलामा हिजोको सहभागी देख्दा थप जिम्मेवारी महसुस भएको उहाँको भनाई छ ।

सीपयुक्त जनशक्तिको माग र आपूर्तिका बीचमा अहिले देखिएको खाडल घटाउने तालिमको उद्देश्य हो । व्यक्तिको रुचि र उमेर समूह, रोजगारदाताको आवश्यकताका आधारमा तालिम कार्यक्रम गरिरहेको महानगरले जनाएको छ । तालिममा सहभागिता जनाउन यसअघि महानगरले व्यवस्था गरेको अनलाइनबाट फाराम भर्न छुटेका वा अनलाइन फाराम भर्न नसक्नेहरुले टुँडिखेलमै आएर फाराम भर्ने व्यवस्था पनि छ ।

शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई बजारसँग जोड्नका लागि मेलाको अवधारणा अघि सारिएको हो । मेलामा तालिमका लागि अटो मोबाईल्स, हस्पिटालिटी एण्ड म्यानेजमेण्ट, सूचना प्रविधि, वेल्डिङ, गार्मेन्टस, व्युटिसिएन, डिजाईनिङ र पुरोहित रहेका छन् । तालिमको अन्तिम दिन रोजगार मेला हुने पनि महानगरले जानकारी दिएको छ । मेला एक महिनासम्म चल्नेछ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया