निषेधाज्ञामा अनलाइनबाटै श्रम स्वीकृति, यसरी तिर्नुहोस् कल्याणकारी कोष र बिमाको रकम

 जेठ १४, २०७८ शुक्रबार ११:२८:८ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगार विभागले कोरोना महामारीको कारण भौतिक रूपमा उपस्थित भएर दिने सेवाहरू बन्द गरेको छ ।

तर यो महामारीबाट बच्दै आफू रहेकै ठाउँबाट अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन सकिन्छ । पछिल्लो समय वैदेशिक रोजगार कल्याणकारी कोषमा र बिमाबापत तिर्नुपर्ने रकम अनलाइनमार्फत नै तिर्ने व्यवस्था गरेपछि वैदेशिक रोजगार कार्यालयमा नगई अनलाइनमार्फत नै विदेशबाट पनि पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था भएको छ ।

यस्तो रकम इसेवाबाट पनि सजिलै तिर्न सकिन्छ । रकम तिर्नका लागि बैंक तथा सम्बन्धित कार्यालय धाउन पर्दैन । अहिलेको लागि वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सन नेपाल लाइफ इन्स्योरेन्सले अनलाइनबाटै म्यादी जीवन बिमा गरिरहेको छ । 

बिमाको रकम तिर्न यसो गर्नुहोस्

यदि इसेवा चलाउनुहुन्छ भने पहिला आफ्नो खाता लगइन गर्नुहोस् । सर्च बारमा “Foreign Employment Insurance Fund” लेखी देखाइएको आइकनमा थिच्नुपर्छ ।

त्यहाँ व्यक्तिगत रूपमा शुल्क बुझाउँदै हुनुहुन्छ भने “Individual” र म्यान पावरबाट शुल्क बुझाउँदै हुनुहुन्छ भने ] “Man Power” छनोट गर्नुपर्छ । 

Insurance Company मा Sun Nepal Life Insurance Company Ltd ​ देखिन्छ । त्यहाँ क्लिक गर्नुपर्छ । 

व्यक्तिगत शुल्क बुझाउँदै हुनुहुन्छ भने पासपोर्ट नम्बर साथै रोजगार अवधि र म्यान पावरबाट शुल्क बुझाउँदै हुनुहुन्छ भने पासपोर्ट नम्बर, लट नम्बर साथै रोजगार अवधि पनि राखेर “Check” मा थिच्नुपर्छ ।

देखाइएको विवरण सबै ठिक छ भनी प्रमाणित गरी शुल्क तिर्नुपर्छ ।

कल्याणकारी कोषको रकम अनलाइनमार्फत बुझाउने तरिका

इसेवाबाट कल्याणकारी कोषको रकम तिर्नका लागि सबैभन्दा पहिला आफ्नो खाता लगइन गर्नुहोस् । त्यसपछि सर्चबारमा “Foreign Employment Insurance Fund” लेखेको आइकनमा थिप्नुपर्छ । 

त्यहाँ व्यक्तिगत रूपमा शुल्क बुझाउँदै हुनुहुन्छ भने “Individual” र म्यान पावरबाट शुल्क बुझाउँदै हुनुहुन्छ भने ] “Man Power” छनोट गर्नुपर्छ । 

व्यक्तिगत शुल्क बुझाउँदै हुनुहुन्छ भने पासपोर्ट नम्बर साथै रोजगार अवधि र म्यान पावरबाट शुल्क बुझाउँदै हुनुहुन्छ भने पासपोर्ट नम्बर, लट नम्बर साथै रोजगार अवधि पनि राखेर “Check” मा थिच्नुपर्छ ।

देखाइएको विवरण सबै ठिक छ भनी प्रमाणित गरी शुल्क तिर्नुपर्छ ।

कोरोना महामारीको कारण काठमाण्डौ उपत्यकामा निषेधाज्ञा कडा गरिएको छ । जसको कारण वैदेशिक रोजगार विभागबाट भौतिक रूपमा उपस्थित भई प्रदान गर्ने सेवाहरू पनि बन्द छ । 

अन्तिम श्रम स्वीकृति, वैधानिकीकरण तथा नयाँ श्रम स्वीकृति र भौतिक रूपमा उपस्थित भएर लिनुपर्ने पुनः श्रम स्वीकृति सेवा पनि अहिले बन्द  छ । तर अनलाइनबाटै लिन मिल्ने पुनः श्रम स्वीकृति भने अहिले पनि सञ्चालनमा छ  । अर्को सूचना जारी नभएसम्म भौतिक रूपमा विभागको कार्यालयमा उपस्थित भएर सेवा लिन पाइने छैन । 

अनलाइन सेवा बारे थप बुझ्नका लागि विभागमा शाखा अधिकृत सालिकराम फुयाँललाई ९८४१८२७७८३ नम्बरमा माधवराज पाण्डेलाई ९८४१३१०३२३ नम्बरमा र कम्प्युटर इन्जिनियर अर्जुन यादव लाई ९८४११४९३८० नम्बरमा फोन गर्न सकिन्छ ।

जेठ १३ गतेदेखि नेपाली श्रमिकको श्रम गन्तव्य कतारमा नियमित उडान गर्दैछ । कतार र नेपालीबीच हप्तामा एक उडान हुनेछ । अन्य देशमा पनि विस्तारै खोल्दै जाने जनाइएको छ । 

 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया