लुम्बिनीमा भएको राष्ट्रिय सभा उपचुनावमा कांग्रेस उम्मेदवार पाण्डेय विजयी

 जेठ १७, २०७८ सोमबार १६:४२:५६ | हेमराज शर्मा
unn.prixa.net

दाङ – लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपचुनावमा एमालेका उम्मेदवारलाई हराउँदै नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी हुनुभएको छ ।

 विजयी पाण्डेयले चार हजार एक सय ४० मत ल्याउनुभयो भने चन्द्रबहादुर खड्काले तीन हजार ६ सय १२ मत ल्याउनुभयो । कुल तीन सय मतदाता रहेकोमा चार मत खसेको थिएन ।  

विजयी हुनुभएका कांग्रेसका पाण्डेयले प्रदेशतर्फ दुई हजार १६ र पालिकातर्फ २१ सय २४ मतभार पाउनुभयो । पराजित एमालेका उम्मेदवार खड्काले प्रदेशतर्फ १९ सय २० र पालिकातर्फ १६ सय ९२ मत ल्याउनुभयो ।

उपचुनावमा काेराेना भाइरस सङ्क्रमित २७ सदस्यले पनि मतदान गरेका थिए ।

केही बेरअघि दाङको घोराहीमा मुख्य निर्वाचन अधिकृतले पाण्डेय विजयी हुनुभएको घोषणा गर्दै प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन गएको पदमा चुनाव भएकाे हो । चुनावमा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको थियो । उहाँलाई जसपाको महन्थ ठाकुर पक्षको समर्थन रहेको थियाे । 

विपक्षी गठबन्धनले कपिलवस्तुका दृगनारायण पाण्डेयलाई उम्मेदवार बनाएको हाे । उहाँले भर्खरैमात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिँदै एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्नुभएको थियो । पाण्डेयलाई माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको थियो ।  

अन्तिम अपडेट: चैत २८, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया