कुश्माको 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनम...
पुस २४, २०८१ बुधबार
दाङ – लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित दृगनारायण पाण्डेयले आफ्नो जित राष्ट्रिय एकताको जित भएको बताउनुभएको छ । दाङको घोराहीमा सोमवार (आज) भएको चुनावको परिणामपछि पत्रकारहरूसँग कुरा गर्दै उहाँले आफ्नो जित लोकतन्त्र पक्षधरहरूको जित भएको बताउनुभयो ।
आफ्नो जितले तलदेखि माथिसम्म एकता के हो भन्ने स्पष्ट देखाइदिएको नवनिर्वाचित राष्ट्रिय सभा सदस्य बताउनुभयो । सरकारलाई आफूहरुको एकतालाई कम नआँक्न र अहिलेको अवस्था बुझेर काम गर्न उहाँले आग्रह गर्नुभयो ।
सदनमा अब आफूले सङ्घीयता गणतन्त्रका विषयलाई जोडतोडका साथ उठाउने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रममा त्यसका क्रममा उहाँले सबैको प्रयासबाट जितेको र जल्दाबल्दा सवाल सदनमा बुलन्द रुपमा उठाउने बताउनुभयो ।
मतदातालाई धन्यवाद दिँदै उहाँले यो लोकतन्त्र पक्षधरको जित भएको भन्दै आफ्नो जितले लोकतन्त्र अझ बलियो बनाउन मद्दत पुग्ने बताउनुभयो । अब आफूले गणतन्त्र र सङ्घीयतासँगै ओझेलमा परेका विषयवस्तुलाई राष्ट्रिय सभामा जोडतोडले उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मत परिणाम घोषणासँगै मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले नवनिर्वाचित सदस्य पाण्डेयलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा आज भएको चुनावमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी हुनुभएको हो । उहाँले चार हजार एक सय ४० मतभार ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्रबहादुर खड्काले तीन हजार ६ सय १२ मतभार ल्याउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।