तातोपानी नाकाबाट पनि अक्सिजनसहितका स्वास्थ्य सामग्री भित्रिँदै

 जेठ १८, २०७८ मंगलबार ११:५९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चीनले अनुदानमा दिएको अक्सिजनसहितका स्वास्थ्य सामग्री तातोपानी नाका हुँदै नेपाल भित्रिन थालेका छन् ।

हिजो यो नाका हुँदै ८ सय भरी अक्सिजनका सिलिन्डर र ८ सय खाली सिलिन्डरसहितका स्वास्थ्य सामग्री आएको प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिनुभयो । यसअघि गएको ८ गते यो नाकाबाट लिक्विड अक्सिजनसहित स्वास्थ्य सामग्री भित्रिएको थियो । यो नाकाबाट ३० हजार लिटर लिक्वड अक्सिजन नेपाल भित्रिसकेको छ ।

अहिलेसम्म तातोपानी नाकाबाट दुई पटक अनुदानका स्वास्थ्य सामग्री भित्रिएको छ । चीनले अनुदानमा दिने बाँकी सामग्री आउने क्रममा नै रहेको प्रमुख भन्सार अधिकृत गौतमले बताउनुभयो । चीनबाट अनुदानमा आएका स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिसकिएको छ । यस्तै निजी क्षेत्रले खरिद गरेका १० हजार खाली सिलिन्डर पनि तातोपानी नाका हुँदै नेपाल भित्रिसकेका छन् ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया