रसुवागढी नाकाबाट १५ सय अक्सिजन सिलिन्डर भित्रियो

 जेठ १८, २०७८ मंगलबार १२:१४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - रसुवागढी नाकाबाट १ हजार ५ सय वटा अक्सिजन सिलिन्डरको भित्रिएको छ । चीन सरकारले अनुदानमा दिएकामध्ये १ हजार ५ सय वटा सिलिन्डर आएकाे हो ।

गएको ७ गते बेइजिङबाट हिँडेका चिनियाँ गाडी आज नेपाल भित्रिएका हुन् । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार चार वटा चिनियाँ गाडीले अक्सिजन सिलिन्डर र एन नाइन्टी फाइभ मास्क ल्याएका छन् । ५ लाख २७ हजार ५ सय थान एन नाइन्टी फाइभ मास्क आयात भएको कार्यालयले जनाएको छ ।

चीनबाट आएका स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बुझ्नुभएको छ । यी सामग्री आज नै स्वास्थ्य मन्त्रालयमा पठाइने उहाँले बताउनु भएको छ । यो नाका हुँदै अन्य सामग्री पनि चिनियाँ गाडीले नै ल्याउने गरेका छन् । केही हप्ता अघिदेखि दैनिक ८ वटा चिनियाँ गाडीले सामान आयात गरिरहेका छन् ।

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलफूल आयात हुँदै आएको छ । त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचोलगायतका सामग्री चीनतर्फ निर्यात हुने गरेको छ । तर कोभिड–१९ का कारण निर्यात लामो समयदेखि ठप्प छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया